Rashtriya Dainik

भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला समापन

अमृता सुनार/नवलपरासी

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आज समापन गरिएको छ । रामनगर जेसिज २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले हामी सबैले आफनो आचारण, व्यवहार, संस्कार पालना गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरु नै देशको भविष्य, सपना, गहना हो त्यसैले नै आजै देखि विद्यार्थीहरु अनुशासित र संस्कारिक हुनुपर्ने बताउनुभयो ।
रामनगर जेसिज २०२५ का अध्यक्ष रमेश पराजुलीले जेसिज एक परोपकारी संस्था भएको हुनाले समाजमा विभिन्न सामाजिक कामहरु गर्दै आएको र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वौदिक विकास एवंम वक्तृत्वकलामा अब्बल बनाउनको लागी र संस्कारिक बन्नका लागी यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
५ दिन सम्म संचालन भएको मेलामा शिक्षक तथा प्रधानाध्यापकहरुलाई तालिम, विद्यार्थीहरुलाई नेतृत्व विकास, लागुऔषध सम्बन्धि सचेतना लगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई भाषणकला तालिम, जिल्ला भित्रका कक्षा ६ देखि १० सम्मा विद्यार्थीहरुका लागी शिष्टाचार एवम आचारण सम्बन्धि तालिम लगायतका कार्यक्रम गरिएको रामनगर जेसिजले जनाएको छ ।
त्यस्तै सांस्कृतिक कार्यक्रममा विभिन्न जातजाती भाषा भाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुती रहेको रामनगर जेसिजका अध्यक्ष पराजुलीले बताउनुभयो ।
संस्थाका प्रथम उपाध्यक्ष एवम सांस्कृतिक संयोजक कृष्ण क्षेत्री(नेपालि मान्छे)को स्वागत मन्तव्य रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम चापागाई, सुनवल नगर प्रवक्ता एवम वडा नं १३ का वडाध्यक्ष कृष्ण प्रसाद बगाले लगाएतको शुभकामना रहेको कार्यक्रमको संचालन रामनगर जेसिजका महासचिव कला डुम्रेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित