कृष्णनगर, फाल्गुन २०
आज नेकपा एमालेको जरा अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कुष्णनगर वाड्रा न० ११ बसन्तपुर गाँव मा कुष्णनगर नगर अध्यक्ष कमरेड गोपाल प्यारे चन्देल को अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ।
प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि कुष्णनगर इन्चार्ज शिवप्रसाद गुप्ता, अथिति जिल्ला कमिटी सदस्य कुष्णकुमार गुप्ता, कुष्णनगर नगर उपाध्यक्ष समसुल हुदा खान लगायत अतिथि हरुको उपस्थिति रहेको थियो।

मो० हसन मिर्जा को अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। नव निर्वाचित कमिटी लाई अतिथि हरूले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दे पार्टी प्रति वफादार भएर लाग्न निर्देशन समेत दिएका थिए। साथै आज अन्य पार्टी परित्याग गरि करिब ६० जना नेकपा एमाले पार्टीमा आगमन गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

