बारा,फागुन २०
बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो देख्ने पदार्थ सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला चितवन कालिका नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ५० को संचलाल वाईवा र जिल्ला मकवानपुर हटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ४८को हिरालाल वाईवा रहेको बारा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट बरिस्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २१ अमलेखगंज स्थित हटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको १२५ सि.सि.को डिस्कभर मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेएको लागू औषध अफिम जस्तो पदार्थ सहित दुबैजनालाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक बिजयराज पंन्डितले बताए ।
लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित पक्राउ परेका दुबैजनालाई आवशयक कार्यबाहीको लागि कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक पंन्डितले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

