Rashtriya Dainik

नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

कृष्णनगर, फाल्गुन २०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। 

कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। 

वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्तार गरेको छ। 

वडा नं ९ मा महेश चौधरी अध्यक्ष, उपाध्यक्षमा जगरानी बढ्ई, सचिवमा आकाश बढ्ई सहित १५ सदस्यि कमिटी विस्तार गरेको छ। 

प्रमुख अतिथि मौलानाले नयाँ नेतृत्व ग्रहण गरेका सम्पूर्ण पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दे पार्टी प्रति वफादार भएर लाग्न आग्रह गरे। 

कृष्णनगर नगरपालिकाको १२ वटै वार्डमा नेकपा माओबादी केन्द्रको वडा कमिटी गठन भइ सकेको तथा केही समय पछि नगर अधिवेशन हुने नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खांले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित