Rashtriya Dainik

सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

कपिलवस्तु, माघ १९

कपिलवस्तुकाे विभिन्न सिमाबाट अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट फागुन १९ गते जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु,बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,००,५००/- (एक लाख पाँच सय) बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।

साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु.३२,२७१/- बराबरको ( गुल, बिडि, सुर्ति,,काजु बदाम) किराना सामानहरु बरामद गरी कृष्णनगर भन्सार कार्यालय आवश्यक कार्बाहीको लागी बुझाईएको ।

साथै प्रस्तावत सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.बिजयनगर कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीको गस्ती टोलीले जिल्ला कपिलवस्तु बिजयनगर गाउँपालिका-२ लोहरौलामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० के.जि. ब्रोइलर कुखुरा पक्राउ गरी स्थानिय जनप्रतिनिधिको र पशु क्वारेन्टाईन रोहबरमा नष्ट गरीएको। उक्त ढुवानीमा प्रयोग भएको मो.सा. आवश्यक कार्बाहीको लागी कृष्णनगर भन्सारमा बुझाईएको

प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.हरु सहित रु 232771।(दुई लाख बत्तीस हजार सात सय एकहत्तर) बराबरको अबैध सामान र सावारी साधान कृष्णनगर भन्सार कार्यालयमा आवश्यक कार्बाहीको लागी बुझाईएको ।

सशस्त्र प्रहरी बलले अवैध सामान तस्करी रोक्न सीमा क्षेत्रमा कडा गस्ती जारी राखेको छ। यसरी पक्राउ गरिएका सामानहरू सम्बन्धित कार्यालयमा बुझाइएको छ र कानूनी कारबाही अगाडि बढाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित