Rashtriya Dainik

पश्चिम नवलपरासीमा प्रहरी नेतृत्व परिवर्तन, डीएसपी बोहरा सरुवा, पन्त नियुक्त

बिनाेद निगम / नवलपरासी ,१९ फागुन

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराको काज सरुवा भएको छ। उनको स्थानमा डीएसपी बिरदत्त पन्त आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार सरुवा निर्णय गरेको हो। नियमित काज सरुवाअन्तर्गत बोहरा अन्यत्र सरुवा भएका हुन् भने पन्तलाई पश्चिम नवलपरासीको सुरक्षा नेतृत्वको जिम्मेवारी दिइएको छ।

डीएसपी बोहराले जिल्लामा रहँदा शान्ति सुरक्षाको सुदृढीकरण, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए। नयाँ आउन लागेका डीएसपी पन्त यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत थिए।

नयाँ प्रहरी नेतृत्व आएपछि जिल्लाको सुरक्षा रणनीतिमा के कस्ता परिवर्तन हुनेछन् भन्ने चासो बढेको छ। प्रहरी कार्यालयले छिट्टै औपचारिक रूपमा पद हस्तान्तरण कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित