राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फागुन
लुम्बिनी प्रदेशकाे भाैतिक पुर्वधार बिकास मन्त्री भुमिश्वर ढकालले प्रदेश सरकारले खेलका महत्त्वपूर्ण याेजना अगाडि बढाएको बताउनु भएको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहीकाे खेल मैदानमा आयाेजना भएको साताैँ सरावल अध्यक्ष कप फुटवल प्रतियोगिता एक कार्यक्रम बिच उदघाटन गर्दै मन्त्री ढकालले पहिला खेलहरु काठमाडौंकाे रंगशालामा मात्र भएको सुनिन्थ्याे तर अहिले ग्रामीण भेगमा पनि खेल क्षेत्रमा बिकास भएको बताउनु भएको हाे।

खेलकाे बिकासले सबैलाई जाेडेकाे बताउदै खेलकुद र खेलाडीकाे बिकासकाे लागि प्रदेश सरकार काम गर्ने बताउनुभयो । खेलले खेलाडीलाई अनुसासित बनाउने भएकोले अगामी दिनमा खेलाडी र खेल बिकासकाे लागि प्रदेश सरकारले महत्त्वपूर्ण प्राथमिकता राखी बजेट बिनियाेजन गर्ने बताउनुभयो । खेलले खेलाडीलाई स्वास्थ्य बनाउने भएकोले खेलाडीलाई रुचिका साथ यसमा लाग्न अनुरोध गर्दै खेलकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले सरावल गाउँपालिका खेल क्षेत्रमा अगाडि रहेकोले खेल र खेलाडीलाई प्राथमिकता राखी खेल मैदान र स्टेडियम बनाउनुपर्ने देखिएकाे बताउनुभएको हाे। पालिकाले सक्दाे यश क्षेत्रमा काम गरिरहेकाे बताउदै थप बजेटकाे लागि प्रदेश सरकारले सम्बाेधन गर्दिन आग्रह गर्नुभएको थियो । सरावल पालिका अन्तर्गत अधुरा बाटो र पुर्वाधारका कामहरु तमाम अलपत्र रहेकोले प्रदेश सरकारले यश कामलाई विशेष प्राथमिकतामा राख्न समेत ध्यानाकर्षण गराउनुभएकाे थियोे । खेल र खेलाडीकाे बिकासका लागि आफुले पालिकाबाट सक्दाे काम गरिरहेकाले खेलाडीहरु उच्च मनाेबल साथ खेल खेल्न आग्रह गर्दै खेलकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

