सुरेश यादव / नवलपरासी ,१७ फागुन
पश्चिम नवलपरासीको रामग्राम-१८ बड्गोमा ६ करोड ७८ लाखको लागतमा निर्माण सुरु गरिएको पुलको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले शिलन्यास गर्नुभएको छ।
पुल शिलन्यास गर्दे मन्त्री ढकालले टुक्रे आयोजनाले कार्यसम्पादनमा असर परेकाले आयोजनाको संङख्या घटाएर आवश्यकताको आधारमा मात्र निर्माण गर्ने बताउनुभयो । उहाले पुल निमार्णमा गुणस्तरिय सामान प्रयोग भए नभएको कुरा निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सम्बन्धित सरोकारवालालाई सचेत हुन आग्रह गर्दै बजेट अभावमा आयोजना अलपत्र नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०८३ साल असोज मसान्तभित्र सम्पन्न गर्ने गरि एमएस विध्यान्चल शिव ईन्जिनियरिंग जेभिसंग ठेक्का सम्झौता भएको छ । सदरमुकाम परासीदेखि भैरहवासम्मको हुलाकि सडक खण्डमा पुग्न उक्त पुल अत्यावश्यक रहेको छ । पुल नहुदा स्थानिय वर्षातको समयमा घुमाउरो बाटो प्रयोग गरेर यात्रा गर्नु पर्ने बाध्य छ ।
यस्तै सुनवल नगरपालिकाको सोमनाथ खोला, सितलपानी घोला र तिलकाना खोला जोड्ने गरि बक्स पुल निर्माणको काम शुरू भएको
छ । करिब १६ करोड अनुमानित लागत रहेको उक्त पुल २०८१ असार मा १२ करोड ४० लाखमा सम्झौता भएको थियो।

सुनवललाई रिङरोड बनाउने प्रस्तावसहित सुरू भएको उक्त पुल रूपन्देहीको रामपुर चैराहाबाट सुनवल-७ र ८ हुदै बिहारीसम्म जोड्ने महत्त्वपूर्ण वैकल्पिक बाटोको रूपमा स्थापित हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

