आरपि उपाध्याय / नवलपरासी ,१७ फागुन
वैदिक सनातन संस्कृति सम्पदा संरक्षण संघ माणी नगरपालिका १ चितवनको आयोजनामा समिति गठन एवं अन्तर्कृया कार्यक्रम बाल्मिकी आश्रममा सम्पन्न भएको छ।
वैदिक सनातन संस्कृति सम्पदा संरक्षण संघ माणीका अध्यक्ष मधुरा भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका माणी नगरपालिका का उपप्रमुख खेम प्रसाद महतोले विद्युत, खानेपानी र आवासको कमीबाट गुज्रिएका बालमिकी आश्रम वरिपरि १४ घरपरिवार सुकुम्बासीहरुलाई आगामी आर्थिक वर्षमा शिक्षा र आवासतर्फ विशेष ध्यान केन्द्रित रहने बताउदै बाल्मिकी आश्रमको पिडालाई समाधान गर्न माणी नगरपालिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

बाल्मिकी आश्रममा आयोजित सानो कार्यक्रमको सुचनाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुने निश्चित रहने विचार पनि उहाँले व्यक्त गर्नुभयो।
सो अवसरमा बाल्मिकी आश्रम व्यवस्थापन समितिका सदस्य आर.पि. उपाध्यायले बाल्मिकी आश्रमको पीडा कहालीलाग्दो रहेको बताउदै सिटामोल र जीवनजलको अभावको पीडालाई सम्बन्धित निकायले सबैमा ध्यान दिनुपर्ने बताउदै राज्यले आफ्नो नागरिकलाई हरसम्भव सुविधा दिनुको साथै आश्रमको भुमि बचाउने नागरिकप्रती तिनै तहका सरकारको उपस्थिति भएको महसुस गराउनुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा अध्यक्ष भण्डारीले देश,विदेशमा चिनाउने नेपालकै एक प्रमुख धार्मिक धरोहरमध्ये एक बाल्मिकी आश्रम आउने राजनेता र उच्च पदस्तर कर्मचारीहरुको उदासिनताका कारण नै २१ औं शताब्दीको समयमा पनि आश्रम ओझेलमा पर्नु दुर्भाग्यको कुरा रहेको धारणा राख्नुभयो।
माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रम पुग्न चितवनबाट राष्ट्रिय निकुञ्जको घना जङ्गलले असम्भव रहेको र नवलपरासीको त्रिवेणीबाट आश्रम जान नदीमा डुङ्गाद्वारा पार गरि १ घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ।
सुगम बाटोको रुपमा त्रिवेणी स्थित गण्डक ब्यारेज पुल हुँदै भारत भुमिको प्रयोग गरि जानुपर्ने बाध्यता रहेबाट बाल्मिकी आश्रम सुगम स्थान भएर पनि दुर्गम र अन्धकार बनेको पीडा आश्रम बासीले भोग्दै आइरहेका छन।

अन्तर्कृया कार्यक्रममा बाल्मिकी आश्रम निवासी रामशरण गिरीको संयोजकत्वमा पाँच सदस्यीय वैदिक सनातन संस्कृति सम्पदा संरक्षण उपसमिति पनि गठन भएको कार्यक्रम सञ्चालक गङ्गा राम भुसालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

