Rashtriya Dainik

सोमनाथ खोला, सितलपानी घोला र तिलकाना खोलाको बक्स पुलको शिलान्यास तथा सार्वजनिक सुनुवाई

अमृता सुनार/नवलपरासी ,१७ फागुन

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ तिलकानामा सुनवल विशासय, तिलकाना जोड्ने गरी निमार्ण गर्न लागिएको सोमनाथ खोला, सितलपानी घोला र तिलकाना खोलाको बक्स पुलको शिलान्यास तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्बाधार बिकास मन्त्री भुमीश्वर ढकालले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । ढकालले प्रदेश सरकार स्थापना भएको ७ वर्षमा १ सय ५२ वटा पुल ४८ वटा झलुङ्गे पुल र १२ सय ४१ किलोमिटर सडक सम्पन्न गरिसकेको र ६० वटा पुल सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।
ठेकेदार अथवा निमार्ण व्यवसायी लगाएतको ढिलासुस्तीले तोकिएको समयमा आयोजनाहरु सम्पन्न नहुदा सरकारको आलोचना बढि हुने गरेको बताउदै गल्ती कुन पक्ष बाट भएको हो बुझेर मात्र आलोचना गर्न आग्रह गर्नुभयो । मन्त्रालयले हालै बनाएको नया निति अनुसार आयोजनाको बारेमा सार्वजनिक सुनुवाई गरिएको र स्थानियको सुझाव अनुसार अगाडी बढ्ने बताउनुभयो ।
मन्त्री ढकालले मन्त्रलयका आगामी वर्षका योजनाहरुमा टुक्रे आयोजनालाई प्राथमिकतामा नराखिने बताउदै अब ४ सय वटा सडक बनाउने र सो सडक मर्मत सम्भारको पनि मन्त्रालय ले नै जिम्मा लिने बताउदै मन्त्रालयमा हाल २२ सय ५० वटा सडक आयोजना रहेको र त्यसलाई प्राथमिकताका आधारमा निमार्ण कार्य अगाडि बढाइने बताउनुभयो । उहाले यस सुनवल विशासय, तिलकाना जोड्ने योजनालाई बजेट अपुग भएर अलपत्र पर्न नदिने प्रतिवद्धता जाहेर गर्नुभयो।
जिल्ला समन्वय समितीका अध्यक्ष भगौति यादवको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत, सुनवल नगर प्रमुख बिमला अर्याल, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल, नेकपा एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सुनवल विशासय, तिलकाना जोड्ने पुल २०८१ असार २० गते सम्झौता भई २०८३ असार १९ गते सम्पन्न गर्ने एशियाटिक इन्जिनियर्स एण्ड बिल्डर्स बुटवल रुपन्देहीका प्रमुख नल प्रसाद शेरचनले बताउनुभयो ।
भ्याट सहित १६ करोड ८ लाख ७५ हजार ३ सय २३ बराबरको अनुमानित लागत रहेको पुल प्रतिष्पर्धाको आधारमा उक्त कम्पनीले १२ करोड ३९ लाख २३ हजार मा ठेक्का सम्झौता गरेको सडक पुर्वाधार कार्यालयका प्रमुख हितेन्द्र रायमाझिले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाइलें पुल निमार्ण पश्चात आफ्नै वार्डमा जानुपर्दा पनी ३ ओटा खोला तरेर घुमेर जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित