प्रकाश न्यौपाने / नवलपरासी ,फागुन १६ गते
लुम्बिनी प्रदेशकै दोस्रो ठूलो तथा जिल्लाकै पहिलो ठूलो पुरस्कार राशि रहेको सूर्यनगर गोल्डकप २०८१ को उपाधि युनाइटेड वीरगञ्जले हात परेको छ। आइतबार भएको रोमाञ्चक फाइनल खेलमा बाँसवारी क्लब, काठमाडौं लाई १-० गोल अन्तरले पराजित गर्दै वीरगञ्जले उपाधि उचाल्न सफल भयो।
खेलको ८३ औं मिनेटमा युनाइटेड वीरगञ्जका जर्सी नम्बर ७ का सागर चौधरीले गरेको गोल नै निर्णायक गोल बन्यो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा बाँसवारी क्लबले केही राम्रो अवसर सिर्जना गरे पनि वीरगञ्जका गोलरक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्न असफल रह्यो। विजेता युनाइटेड वीरगञ्जले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता बनेको बाँसवारी क्लब, काठमाडौंले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो। फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिम सहभागी थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

