Rashtriya Dainik

ईप्रका बहादुरगन्जमा प्रहरीका लागि स्वास्थ्य शिविर सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी(चौधरी) / कपिलवस्तु , फागुन १५

इलाका प्रहरी कार्यालय बहादुरगन्जको आयोजनामा प्रहरी जवानहरूको स्वास्थ्य परीक्षणका लागि विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिवराज अस्पतालको प्राविधिक टोलीको सहयोगमा गरिएको यस शिविरमा सहभागी प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य शिविरमा रक्तचाप जाँच, मधुमेह परीक्षण, र अन्य आधारभूत स्वास्थ्य परीक्षण गरिएका छन्। कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउँदै स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए।

इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रमुख प्रहरी नायब  निरीक्षक (SI) खिम बहादुर जीसी ले यस्तो स्वास्थ्य शिविरले प्रहरी जवानहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “प्रहरी संगठनमा कार्यरत हाम्रा जवानहरूको स्वास्थ्य राम्रो हुनु अत्यावश्यक छ। स्वस्थ प्रहरी नै सक्षम र प्रभावकारी सेवा दिन सक्छ। यस किसिमका स्वास्थ्य शिविरहरू निरन्तर आयोजना गर्न आवश्यक छ, जसले प्रहरी कर्मचारीहरूलाई स्वस्थ रहन प्रेरित गर्छ।”
उक्त शिविरमा बहादुरगन्ज इलाका प्रहरी कार्यालयका प्रहरीहरूको सहभागिता रहेको थियो। शिवराज अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक परामर्श दिएको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित