Rashtriya Dainik

पोखरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विनय कुमार श्रीवास्तव हाजिर

राजन कुमार बानिया /पर्सा ,१५ फागुन

पर्साको पोखरिया नगरपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् ।

आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा पोखरियाका उप प्रमुख रुवि ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा, लेखा शाखा प्रमुख मन्दिप महतो,वाडा अध्यक्ष महेंद्र महतो चाई, पूर्व निमित प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगाएतले अधिकृत श्रीवास्तवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

सो अवसरमा अधिकृत श्रीवास्तवले बोल्दै आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्र गरे । जनताहरुको कामकाजको साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित