Rashtriya Dainik

रमजान मुबारक शुभकामना आदनप्रदान तथा मदर्सा विकास कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,१२ फागुन

ओल्मा काउन्सिल नेपाल शाखा कार्यालय पश्चिम नवलपरासीको आयोजनामा रमजान मुबारक शुभकामना आदनप्रदान तथा मदर्सा विकास कार्यक्रम सुस्ता गाउँपालिकाको रतनगन्ज स्थित मदर्सामा सम्पन्न भएको छ।

ओल्मा काउन्सिल नेपाल नवलपरासी शाखाका अध्यक्ष निजामुद्वीन अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले जातीय रुपमा विभिन्न धर्ममा बाधिएका नेपालीहरुको धार्मिक परिवेश जे जस्तो भएपनि सबै धर्मको सारांश एउटै रहेको बताउनु भयो।

मन्त्री कलवारले सामाजिक सद्भावलाई कायम गरि गरिने धार्मिक क्रियाकलापबाट नै सबैको प्रीय बन्न सकिने धारणा राख्नुभयो।
सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले मदर्सा शिक्षालाई राष्ट्रिय शिक्षा सङ्ग जोडेर शैक्षिक गतिविधिलाई अगाडि बढाइएमा राष्ट्रको चाहना अनुसार असल नतिजा निकाल्न सकिने विचार व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सबै धर्मावलम्बीहरुलाई पालिकाले साझा नजरबाट हेर्दै आएको विचार व्यक्त गर्दै सबै समुदायका व्यक्तिहरुलाई एकै दृष्टिकोण राख्दै आएको बताउदै टोलगत रुपमा मदर्सा नराखेर पुरै पालिका अन्तर्गत एउटा उच्च शिक्षा प्रदान गर्ने विद्यालय राख्नुपर्ने सुझाव दिदै सोको लागि पालिकाले सक्दो सहयोग गर्ने जिकिर गर्नुभयो।

भेलामा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सबै धर्मले मानिसलाई असल सन्देश दिने विचार राख्दै मानिसको मन, विचार सफा र शुद्ध राखेर गरिने धार्मिक क्रियाकलापबाट सकारात्मक नतिजा निकाल्न सकिने धारणा राख्नुभयो।
सो अवसरमा नवलपरासी (ब.स.प) प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य करम हुसेन अन्सारी, पत्रकार श्याम थापा, समसाद अन्सारी लगायतले आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक सैयद गुलाम हुसेनले जानकारी दिनुभएको छ।

“सबै पढौ,सबै बढौ,शिक्षाको विकास गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा मुस्लिम अगुवाहरु,संघसंस्थाका प्रतिनिधि, स्थानीय सुरक्षा युनिटका प्रमुख र अभिभावकहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित