पर्सा /१२ फागुन
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ८ नेपाल राष्ट्रिय माध्यमिक विधालय जगतपुर पर्सामा आज एक कार्यक्रमको विच ७४ वटा साईकल वितरण गरिएको छ ।
पोखरिया नगरपालीका वडा नम्बर ८ को वडा अध्यक्ष तथा विधालय ब्यवस्थापन समिति अध्यक्ष किसोरी साह तेलीको अध्यक्ष्तामा भएको साईकल वितरण गरिएको हाे।
कार्यक्रमा कक्षा ८ को कुल विधार्थी सँख्या ६३ जना र कक्षा ९मा रहेको कुल विधार्थी सँख्या ५८ मध्ये कक्षा ८मा ४३ वटा र कक्षा ९ मा ३१ जना छात्र, छात्रालाई जम्मा ७४ जनालाई साईकल वितरण भएको सोही विधालयका प्रधानाधयापक लालबाबु प्रसाद चौहानले जानकारी गराएका हुन ।
कार्यक्रममा देवेन्द्र गुप्ता ,हिरालाल मुखिया विन ,राकेश साह,सकिला खातुन,ईर्फाना खातुन, राष्ट्रिय अनुसन्धान कार्यालय पोखरियाको अनुसन्धान प्रमुख गुलाम मुस्तफा विधालयका शिक्षक, शिक्षिका विधार्थी तथा समाज सेवीहरको सहभागतिा रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

