Rashtriya Dainik

सर्वसाधारणहरूलाई दुःख दिँदै तस्करीलाई छुट दिँदै

राष्ट्रिय दैनिक / नवलपरासी

नेपाल-भारत सीमावर्ती क्षेत्रमा तस्करीको दर उच्च बनेको छ। स्थानीयहरूका अनुसार सुरक्षाकर्मीहरू संगको मिलेमतोका कारण तस्करी निर्बाध रूपमा जारी छ, जबकि सर्वसाधारणले घरायसी सामान ल्याउँदा अनावश्यक कडाइ भोग्नुपरिरहेको छ ।

स्रोतका अनुसार खाद्यान्न,लत्ताकपडा,भेब,हुक्कामा प्रयोग हुने फेलेबर , कुखुरा लगायतका सामग्रीहरू अवैध रूपमा नेपाल भित्रिँदै छन्। “हामी साना व्यापारीहरूलाई दुःख दिन्छन्, तर रातभर मोटरसाइकल , पिकअप र ट्याक्टरमा सामान आउँछ। सुरक्षाकर्मीहरू नै मिलेको देखिन्छ,”- एक स्थानीय व्यापारीले बताए।
सशस्त्र प्रहरी बल नवलपरासी पश्चिम बेलासपुर गण्डमा एसपी आए संगै सीमावर्ती क्षेत्रमा खैलाबैला मच्ने सम्भवना थियो । तर खासै खैलाबैला मचेको देखिएको छैन सानालाई ऐन ठूलालाई चैन भएको छ ।

त्यस्तै नवलपरासी पश्चिमका यी नाकाहरूबाट तस्करी

भुजहवा सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका इन्चार्ज, र सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलोमतमा बुडन्तवापुर नाकादेखि दिनहुँ इलेक्ट्रोनिक,एलसीडी टीभी,टेन्टका कपडा, मोबाइल,तयारी कपडा, कुखुरा ,माछा समेत यी नाकाबाट छिर्ने गरेका स्रोतले दाबी गरेका छन् ।
त्यस्तै भन्सारको पश्चिमी नाका इलाका प्रहरी कार्यालय पिपराहवाका इन्चार्ज र सशस्त्र प्रहरी बलको मिलोमतोमा गोपालपुर र मुडेर नाका देखि ठूलो परिणाममा पिकअपका पिकअप दिउँसै लोड हुने गरेको छ गहुँ, मोटरसाइकल भरियाहरुले इलेक्ट्रिक सामान मोबाइल, टेम्प्लेट ग्लास,धातुका विभिन्न मूर्तिहरू, अन्य सामानहरू पनि यस नाकाबाट तस्करी हुने गरेको छ ।
त्यस्तै विष्णुपुर प्रहरी चौकीका इन्चार्ज निगरानीमा गेरमी, चिमनटोल नाका देखि, टायल,कपडा,भेब, हुक्कामा प्रयोग हुने फेलेबर जस्ता समान तस्करी गराउने गरेको एक स्थानियले नाम नबताउने सर्तमा बताए ।

तस्करीको ठूलो सेन्टर पोइन्ट मानिन्छ बसहिया र पचपेडा चौकीका इन्चार्जहरुकै मिलोमतोमा नाका देखि दिनहुँ,चामलको आडमा चिनी,पपकर्न ( मकै ) कपडा, कुखुरा,माछा, लगायतका विभिन्न सामानहरू तस्करी हुने गरेको छ ।
यदि सीमा सुरक्षामा सुधार नगरिए तस्करी झन् बढ्नेछ, जसले गर्दा राज्यको राजस्व घाटा बढ्ने र अपराधको दर समेत उच्च हुने सम्भावना छ । सम्बन्धित निकायले कडा कदम चाल्न आवश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित