Rashtriya Dainik

झाँकी प्रदर्शनीले महायज्ञमा बढ्यो उत्साह

प्रकाश न्यौपाने / नवलपरासी ,फाल्गुन ११ गते

पश्चिम नवलपरासीको बर्दघाट-९ नाउडाँडास्थित कैलासकोट शिव मन्दिरको आयोजनामा शिवपुराण ज्ञान महायज्ञमा झाँकी प्रदर्शनी गरिएको छ। झाँकी प्रदर्शन हेर्नका लागि भक्तजनहरूको भिड लागेको छ। बुधबार र शनिबार प्रदर्शनी गरिएको झाँकीनिकै रोचक रहेको भक्तजनहरूले बताएका छन्।

फाल्गुन ४ गतेदेखि सुरु भएको महायज्ञमा बुधबार र शनिबार भक्तजनहरुलाई आकर्षक देखाउन झाँकी प्रदर्शनी ले भक्तजनहरुमा उत्साह थपेको छ ।भक्तजनहरूलाई वैदिक धर्मको संरक्षण र आध्यात्मिक ज्ञान झाकीमार्फत दिने उद्देश्यले झाकी प्रदर्शन गरिएको शिवपुराण महायज्ञका संयोजक चन्द्रकान्त चापगाईले जानकारी दिनुभयो ।
सनातन वैदिक धर्म, संस्कृति, दर्शन, परम्परा, रीतिरिवाजको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन का लागि हामीले कथा प्रवचन र झाँकी प्रदर्शनी गरेका हौं। ” संयोजक चापागाईंले भन्नुभयो । झाँकी मार्फत कथाको सन्देश दिँदा प्रभावकारी देखिएको चापागाईंको भनाइ छ।

श्री कैलाशकुट शिवमन्दिर, बर्दघाट-९ भुताहामा पुनर्निर्माण तथा जग्गा खरिद गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत प्रत्येक दिन बिहान पूजा आराधना, शिव पुराण पाठ, हवन एवं अभिषेक ११ जना ब्राम्हणद्वारा रुद्राभिषेक, कथा प्रवचन, साँझ महा आरती तथा प्रसाद वितरण र भजन-कीर्तन गरिएको खरालले उल्लेख गर्नुभयो ।

महायज्ञमा, लघुरुद्राभिषेक, नवग्रह पूजा, सप्तशती पाठ, भूमि एवं तुलादान, विवाह उत्सव, जन्मोत्सव, नवग्रह शान्ति तथा भोजन प्रसादका लागि दान गर्ने इच्छुक व्यक्ति तथा संघसंस्थाले कम्तीमा एक दिन अगाडि नाम दर्ता गराउनु सकिने यज्ञ मूल आयोजक समितिका सहसंयोजक दीपक थापाले जनाकारी दिनु भयो।

महायज्ञमा सहयोगकर्ताहरूलाई विभिन्न किसिमका सम्मान गरिएको आर्थिक समिति संयोजक भीम खनालले जानकारी दिनुभयो । फागुन ४ गतेदेखि ११ दिनसम्म सञ्चालन हुने यस महायज्ञमा भागवत अलङ्कार पं. श्री नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनु भएको छ। महायज्ञको उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित