अमृता सुनार/नवलपरासी ,१० फागुन
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नगर कमिटि सुनवलको प्रथम अधिबेशन सुनवल वडा नं ५ वनकट्टीमा सम्पन्न भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटिका अध्यक्ष गोपाल आले मगरको अध्यक्षता तथा केन्द्रिय सदस्य सुबोध जागृती बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सदस्य देवराज चौधरी, पार्टी जिल्ला कमिटि सचिवाल सदस्य कर्ण बहादुर सेन, सदस्य देवराज श्रेष्ठ, टेक बहादुर थापा, बिनोद पुन, उपेन्द्रमान श्रेष्ठ, मुन्द्रिका चौधरी, वीरबल चौधरी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटिका सदस्य तिल प्रसाद गुरुङ्गको स्वागत मन्तव्य रहेेको कार्यक्रमको संचालन जिल्ला कमिटिका उपाध्यक्ष मन बहादुर थापा मगरले गर्नुभएको थियो ।

यसैगरी आजै सम्पन्न प्रथम नगर अधिबेशन बाट कमल रानाको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि चयन भएको छ । जसको उपाध्यक्षमा दीपनारायण चौधरी, सचिबमा रेशम बहादुर थापा, कोषाध्यक्षमा अम्बिका देवि थापा, सह सचिबमा लेखराज थारु लगाएत निर्बाचित हुनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

