नवलपरासी/१० फागुन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ स्थित दिव्याज्योति बहुमुखी क्याम्पसमा नयाँ भर्ना भएका बिबिए प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत तथा आठौं सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गरियो। बिबिए तेस्रो र पाँचौं सेमेष्टरका विद्यार्थीकाे आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डेले विद्यार्थीलाई शैक्षिक यात्रा मात्र नभई उद्यमशीलता र आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरित गर्न आवश्यक रहेको बताउनु भयो । बिबिए अध्यायन गर्ने विद्यार्थी जागीर खोज्ने नभई जागीरे रोज्ने खालको हुनु पर्नेमा जोड दिनु भयो। उच्च शिक्षा हासिल गर्दा सैद्धान्तिक र व्यावहारिक ज्ञानको समन्वय गर्नुपर्ने क्याम्पस प्रमुख पाण्डेको भनाइ छ।
सहायक क्याम्पस प्रमुख दीपक खड्का, प्रकाश न्यौपाने, र महेन्द्र गौतमले पनि विद्यार्थीहरूलाई उच्च शिक्षाको सफलताको शुभकामना दिनु भयो।विद्यार्थी–शिक्षक सहकार्यले उच्च शिक्षालाई उपलब्धिमूलक बनाउने भन्दै सबैलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो। सुष्मा रेग्मी र दिसान्त हमालले सञ्चालन रहेको कार्यक्रममा विक्रान्त भण्डारीको अध्यक्षतामा र ग्रीष्मा पौडेलले स्वागत रहेको थियो। विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

