Rashtriya Dainik

प्याबसन सुनवलको आयोजनामा दोस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता सुरु

अमृता सुनार/नवलपरासी , ९ फागुन

निजी तथा आवसिय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनवलको आयोजनामा दोस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता २०८१ सुरु भएको छ । प्याब्सन अर्न्तगत विद्यालयका २३ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन ९ र १० गते सम्म संचालन हुनेछ ।
रामनगर एकेडमी सुनवल १२ को खेल मैदानमा आज एक कार्यक्रमका बिच सुनवल नगर प्रमुख बिमला अर्यालले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले प्याब्सन सुनवलले विद्यार्थी हरुलाई शैक्षिक क्षेत्रमा मात्र नभई अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै अब्बल बनाएको बताउनुभयो ।
प्याब्सन सुनवल अध्यक्ष चोलाकान्ता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजि तथा आवसीय विद्यालय अर्गनाइजेसन प्याब्सन केन्द्रिय सचिव सुवर्ण न्यौपाने, पुर्व प्याब्सन सल्लाहाकार सुमन गोपाल आचार्य, प्याब्सन लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष धनराज चापागाई, प्याब्सन जिल्ला अध्यक्ष डम्बर गुरुङ्ग लगाएतको उपस्थिति रहेको थियो ।
आज छात्राहरु बिच भएको फुटसलमा सिद्धार्थ स्कुल, विद्या सागर स्कुल, रामनगर एकेडमी र पायनियर मावि विजय भएका छन भने छात्र तर्फको खेलमा सोमनाथ बाबा मावि, अन्नपुर्ण मावि, द स्पाइन मावि, सिद्धार्थ मावि, रामनगर एकेडमी र साकुरा मावि विजय भएका छन ।


भोलि १० गते सेमिफाइनल र फाइनलका खेल हुने संसार राना मगरले बताउनुभयो । विजय हुने टिमलाई मेडल, ट्रर्फी र प्रमाण पत्र वितरण गरिने कार्यक्रम संचालक एवम प्याब्सन कोषाध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो । जम्मा १३ विद्यालय सहभागी रहेको खेलमा छात्रा तर्फ १० टिम र छात्र तर्फ १३ टिम सहभागी रहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित