Rashtriya Dainik

अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नवलपुर/ ९ फागुन– रोट्राक्ट क्लब अफ कावासोतीका प्रस्तावित सदस्य तथा कावासोती-८ निवासी लक्ष्मी सापकोटाका सुपुत्र अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि., कावासोतीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रबार आयोजित जन्मोत्सव विशेष कार्यक्रममा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम क्लबका अध्यक्ष गोबिन्द सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।

अन्श सापकोटाका अभिभावकले आफ्नो सन्तानको जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो। विद्यालयका प्रतिनिधिहरूले समेत यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।s

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित