आरपि उपाध्याय / नवलपरासी ,९ फागुन
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले शिक्षा मानव जीवनको अमुल्य रत्न रहेको बताउनु भएको छ।
उहाँले विकासको पुर्वाधारको रुपमा रहेको शिक्षाको ज्योतिलाई गाउँ,टोल, बस्ती र व्यक्तिमा पुर्याउन सकिए राष्ट्रले अपेक्षा गरेको जनशक्ति उत्पादन गर्न सकिने धारणा राख्नुभयो।
लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा जनजागृती मा.वि. गुठीप्रसौनी, प्रतापपुर पश्चिम नवलपरासीमा “मेरो विद्यालय, मेरो दायित्व” विषयक एक दिने शैक्षिक कार्यक्रममा बोल्दै मन्त्री कलवारले सो कुरा बताउनु भएको हो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले माध्यमिक तहसम्मका शिक्षालाई स्थानीय तहमा समावेश गरे लगत्तै शिक्षा क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएको बताउदै गाउँपालिकाको कुल बजेट मध्ये २०% बजेट शिक्षामा लगानी भइरहेको बताउनु भयो।
गाउँपालिका अध्यक्ष यादवले भारतीय दूतावासबाट निर्माण भएको जनजागृती मा.वि. हालसम्म पनि उद्घाटन हुन नसकेकोमा विद्यालयको अपुर्ण कामलाई गाउँपालिकाले पुरा गरिदिने पनि उद्घोष गर्नुभयो।
एक प्रसङ्गमा अध्यक्ष यादवले विद्यालयमा चयन हुने व्यवस्थापन समिति पुर्ण लोकतान्त्रिक विधि अनुसार चयन हुँदै आएकोमा लोकतान्त्रिक मुलुकमा हुने सबै कार्यहरू लोकतान्त्रिक विधि अनुसार नै हुँदै आएको पनि धारणा राख्नुभयो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद पन्थी,प्रतापपुर ६ का वडा अध्यक्ष केशव अधिकारी,पुर्व प्र.अ.सत्यदेव पाण्डे,पुर्व शिक्षक दुधनाथ गुप्ता,गुठीप्रसौनी आयुर्वेदिक औषधालयका प्रमुख दिनबन्धु मिश्रा लगायतले विद्यालयको गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।
२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल ७ सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्र.अ. बाबुराम सुवेदीले जानकारी दिनुभएको छ।
सोही कार्यक्रममा मन्त्री कलवारले आफ्नो दिवङ्गत आमाबुवाको नाममा १ लाख ५ हजारको रकम अक्षयकोष स्थापनाको लागी घोषणा पनि गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व शिक्षक,पुर्व विद्यार्थी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र ठूलो सङ्ख्यामा विद्यालय सेवा क्षेत्रका अभिभावक र विद्यार्थीहरुको पनि उपस्थिति रहेको कार्यक्रम सञ्चालक भोला प्रसाद कुर्मीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

