Rashtriya Dainik

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

कपिलवस्तु,९ फाल्गुन

जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ । मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ। यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित विज्ञप्ति मार्फत भावपूर्ण समवेदना व्यक्त गरिएको छ।

मधेश आन्दोलनका अगुवा समेत रहेका पाण्डेयको असमाहिक निधन प्रति पार्टी तथा शुभेच्छुक हरू मर्माहित रहेको जनता प्रगतिशील पार्टी नेपालका महासचिव ईश्वर दयाल मिश्रले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित