Rashtriya Dainik

दिव्यज्योति क्याम्पसद्वारा निःशुल्क स्वास्थ्य शिविर

प्रकाश न्यौपाने / नवलपरासी ,फाल्गुन ८ गते 

पश्चिम नवलपरासीको बर्दघाट-२ स्थित दिव्यज्योति बहुमुखि क्याम्पसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। क्याम्पसको ३५औँ वार्षिकोत्सव तथा ८औँ क्याम्पस सभाको अवसरमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय ४ जनाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा सुगर, प्रेसर, मुटु, स्त्रीरोग, नाक-कान-घाँटी, आँखा, दाँत लगायतका रोगहरूको जाँच तथा उपचार गरिएको थियो। साथै, विशेषज्ञ डाक्टरहरुद्वारा परामर्श र निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको थियो। स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेज, पृथ्वीचन्द्र अस्पताल परासी, स्वास्थ्य कार्यालय परासी, डाक्टर क्लिनिक चिसापानी, सहिद स्मृति सामुदायिक अस्पताल चौपाता लगायत संस्थाहरूको प्राविधिक सहयोग रहेको शिविरमा ३० जना चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो।

क्याम्पस प्रमुख सागरमणि पाण्डेले क्याम्पसले  शिक्षा मात्र नभई स्वास्थ्य सेवामा समेत योगदान दिइरहेको बताउँदै स्थानीय बासिन्दाहरूलाई निःशुल्क सेवा प्रदान गर्न पाउँदा क्याम्पसले गौरव महसुस गरेको उल्लेख गर्नुभयो। 

स्वास्थ्य शिविर बर्दघाट नगरपालिका, सरावल, प्रतापपुर, र सुस्ता गाउँपालिकाका नागरिकलाई लक्षित गरी आयोजना गरिएको थियो। सहभागीहरूले निःशुल्क जाँच तथा औषधि वितरणको व्यवस्था भएकाले शिविर निकै प्रभावकारी भएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष किरण बस्यालले बताउनु भयो। शिविरमा विद्यार्थी, अभिभावक र स्थानियहरुले सेवा लिएका बस्यालले उल्लेख गर्नु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित