नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले एक शोक बक्तब्य प्रकाशित गरेर थम बहादुर पुन प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी माया पुन पार्टीको पार्टी सदस्य तथा पार्टी निकट क्रान्तिकारी महिला संगठन नवलपरासीको जिल्ला सदस्य हुनुहुन्छ ।
माया पुनको ससुरा बुवा थम बहादुर पुनको २०८१ फागुन ०७ गते साँझ असामायिक निधन भएको उक्त पार्टीले जनाएको छ । बि.स.२००५ सालमा जन्मनुभएको उहाँ यस अघि बर्दघाट–२ चिसापानीबाट बसाई आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिका नगर संयोजक राम प्रसाद अर्गेजाद्वारा जारी शोक बक्तब्यमा पुनको निधनले मर्माहत बनाएको उल्लेख गर्दै भनिएको छ – ‘केही महिना अघि कान्छो छोरा मन बहादुरको असामायिक निधनले पुत्र शोकमा रहनुभएका थम बहादुरको निधनले पुन परिवारलाई झन् पीडा थपिदिएको छ । उहाँको अब एक छोरा दुई बुहारी ३ नाति र २ नातिनी हुनुहुन्छ । अतः हाम्रो पार्टी श्रमजिवी समेत रहनुभएको बुवा थम बहादुर पुन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समबेदना ब्यक्त गर्दछ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

