Rashtriya Dainik

प्रजातन्त्र दिवसको अवसरमा जगरनाथपुरमा नवनिर्मित विभिन्न भवनहरूको उद्घाटन ।

राजन कुमार बानिया /पर्सा, ७ फागुन

प्रजातन्त्र दिवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले अाज सुहपुर ,जगरनाथपुर नव निर्मित बिधालय भवन ,र मसिहानीमा नवनिर्मित स्वास्थ्य चौकी र कृषि तथा पशुपक्षी कार्यालयको उद्घाटन कार्यक्रम एक समारोहको बिच सम्पन्न भएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि रहनु भएका सांसद एव पुर्ब मन्त्री रमेश रिजालले तिनै ठाउँका नवनिर्मित भवनका फिता काटेर उद्घाटन गर्नु भएको थियो। पुर्ब मन्त्री रिजालले उद्घाटन गर्दै भने अाफ्नो गाउँ ठाउँको बिकासको लागि सदैव त्यार रहेको छु। नेपाली कांग्रेस पार्टी बिकाससिल पार्टीको रुपमा चिनिन्छ ।यति मात्र होईन जगरनाथपुर गाउँपालिका कार्यालयको लागि मसिहानीमा जग्गा छनौट भई सकेको छ ।

गाउँपालिका कार्यालय अब मसिहानीमा बन्ने पका भईसकेको छ। अाउने बजेटमा गाउँपालिका भवनको लागि नेपाल सरकार संग योजना पठाई सकेको पुर्ब मन्त्री रिजालले बताए ।

गाउँपालिकाका जनताले गाउँपालिका अध्यक्ष युवा , शिक्षित र ईमानदार रोजनु भएको छ। गाउँपालिका अध्यक्ष पहल र मेहनतका कारण जगरनाथपुर गाउँपालिकामा धेरै बिकास भएको र बिकास निर्माणको काम अफै हुदै छ।यस्ता ईमान्दार गाउँपालिका अध्यक्ष लाई अगामी चुनावमा पनी सहयोग गर्न अाग्रह समेत गरे।कमतिमा दुई चोटी चुनाव जिते पछी बिकास निर्माणको कामहरु दश वर्षमा देखन सकिन्छ।

उद्घाटन कार्यक्रममा बोलदै पुर्ब मन्त्री रिजालले भने अाफ्नो सम्य सम्यमा बिधालय पठाउनु रा्मो शिक्षा पाउछ। अबिभावकहरुले बालबालिका हरुलाई किताब, कपी दिएर बिधालय पठाउन अाग्रह समेत गरे।उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्ष्ातामा भएको कार्यक्रममा अध्यक्ष यादवले भने निर्वाचनको समय गाउँपालिकाबासी संग गरेको प्रतिबद्धता पुरा भएको छ। सबै भन्दा पहिला शिक्षा , स्वास्थ्य , कृषि ,भौतिक पुर्वधार बिकास निर्माण लगायतको काम गरेर देखाएको छु। गाउँपालिकामा बिधालयको अवस्था कमजोर रहेको थियो। सबै बिधालय हरुमा बिधालय भवन , र बिधालयहरु दक्ष शिक्षक र पठनपाठनमा धेरै सुधार भएको छ। कति ठाउँपा १२ कक्षा सम्म संचालनमा ल्याएको छु। स्वास्थ्यमा पनी धेरै सुधार भएको छ।स्वास्थ्यमा स्वास्थ्य चौकी निर्माण ,स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र अौषधीको ब्यवस्थापन गरिएको छ। साथै बिजबनिया मा १५ सैयाको अस्पताल निर्माण गर्न लागेको दाबी गरे। ,अाज वडा नं ४ सुहपुरमा नवनिर्मित बिधालय भवन , वडा नं ४ जगरनाथपुरमा नवनिर्मित बिधालय भवन र वडा नं ५ मसिहानीमा स्वास्थ्य चौकी र कृषि तथा पशुपक्षी प्रयोगशालाको उद्घाटन गरियो । अध्यक्ष यादवले भने अब गाउँपालिकाका जनताहरुलाई कृषि प्रामर्श लिन बाहिर जानु पर्दैन अब अाफ्नै गाउँ ठाउँमा किसान हरुले गहुबली, धानबाली किसान हरुको समस्या यहि प्राबिधिक यन्त्र बाट समधान हुने अध्यक्ष यादवको दाबी रहेको छ। किसान हरुको खेत सम्म बिधुतिय सिचाई पुर्याउने बताए । पशु हरुको उपचार हुने ,पशु हरु लागने बिमारी पता लगाउने प्राबिधिक यन्त्र बाट थाहा गरि उचित ईलाज गर्ने बताए ।यादव लेभने अब पुर्ब मन्त्री रिजाल ज्यु को सहयोग मेरो पहलमा ग्रामिण उधोग संचालन गरि एक हजार युवा हरुलाई रोजगार Onwards दाबी गरे । ग्रामिण उधोग संचालनमा केहि दिन समय लागने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका प्रबक्ता रमेश पाण्डे ,जिल्ला कोषाध्यक्ष प्रेम थापा, बृष्पती कृष्ण श्रेष्ठ ,रामदेव चौहान, संतोष चौरसिया,,गाउँपालिका उपाध्यक्ष बबिता सिंह, गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव,पुर्व प्रसाशकिय अधिकृत कृष्णन्नदन यादव,वडा अध्यक्ष बिहारी महतो नुनिया,सुबास साह, लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका छन। पाँच वटा भवन निर्माणमा करिब साढे चार करोडको लागतमा निर्माण भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित