Rashtriya Dainik

विनयी त्रिवेणी ७ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आरपि उपाध्याय / नवलपुर ,७ फागुन

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ को आयोजनामा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य २८ वर्षीय नुर आलम अन्सारीको फागुन ४ गते उपचारको क्रममा निधन भएको चौधौं पुण्यतिथीका दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

वडा कार्य समितीका सभापति निरन्जन थापाको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।
श्रद्धाञ्जली सभाको प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति चन्द्र बहादुर रानाले स्वर्गीय अन्सारी अपाङ्ग भएर पनि उहाँले पार्टीप्रती पुर्याउनु भएको योगदान स्मरणयोग्य रहेको बताउदै शोकाकुल परिवारजनप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो।


शोक सभामा महासमिति सदस्यहरु चेत प्रसाद पौडेल,टेक प्रसाद श्रेष्ठ,गणेशमान श्रेष्ठ,विनयी त्रिवेणी गाउँपालिका का पुर्व अध्यक्ष एवं काङ्ग्रेस नेता डम्बर बहादुर जि.सी.,पालिका सभापति अजित थापा लगायत विनयी त्रिवेणी वडा न.६ र ७ का नेताकार्यकर्ता एवं ठूलो सङ्ख्यामा मुस्लिम समुदायका व्यक्तित्वहरुको पनि शोक सभामा उपस्थिति रहेकोे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित