Rashtriya Dainik

काङ्ग्रेस विनयी त्रिवेणी ७ वडा कार्यसमितिको कार्यकर्ता भेला

आरपि उपाध्याय / नवलपरासी ,७ फागुन

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ वडा कार्यसमितिको कार्यकर्ता भेला त्रिवेणीको रानीनगरमा सम्पन्न भएको छ।

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेसका जिल्ला,क्षेत्र,पालिका र वडा तहका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरको पदपूर्ति तथा निर्वाचन समितिले रिक्त रहेको विनयी त्रिवेणी ७ को वडा सभापति पदमा क्षेत्रीय प्रतिनिधि निरन्जन थापालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
भेला, पदपूर्ति समितिका संयोजक वरिष्ठ अधिवक्ता गणेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति चन्द्र बहादुर रानाले १०४ वर्षसम्म राणाहरुको जहाँनिया शासनको अन्त्य भइ प्रजातन्त्र आएको दिनको रुपमा स्मरण गरिएको बताउदै सहमति, सहकार्य,एकता र मेलमिलापको माध्यमबाट नै प्रजातन्त्रलाई दिगो र समृद्धि तर्फ लान सकिने धारणा राख्नुभयो।

कार्यकर्ता भेलामा महासमिति सदस्य गणेशमान श्रेष्ठ,प्रदेश २ का सभापति सतिस राई, नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका सभापति अजित कुमार थापा, सर्वसम्मत चयन हुनुभएका वडा न.७ का वडा सभापति निरन्जन थापा,पदपूर्ति समितिका सदस्य बालकृष्ण भुसाल,राजकुमार राई लगायतले पार्टी संगठनलाई बलियो बनाउन टोल,वडा,समितिहरुलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको पदपूर्ति समितिका सचिव एवं कार्यक्रम सञ्चालक गोपाल बास्ताकोटीले जानकारी दिनुभएको छ।

भेलामा नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेकोे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित