Rashtriya Dainik

चौधरी फाउण्डेसको सहयोगमा शुद्ध खानेपानी

राष्ट्रिय दैनिक / नवलपरासी ,७ फागुन

पश्चिम नवलपरासीका २१ वटा सामुदायीक बिद्यालयहरुमा शुद्ध पिउने पानीको ब्यवस्थापन भएपछि बिद्यार्थी र शिक्षकहरुमा थप सहज भएको छ ।

संघीय सांसद बिनोद चौधरीको पहलमा सिजी फाउण्डेसनको सहयोगमा जिल्लाको सरावल , प्रतापपुर र सुस्ता गाउंपालिका र बर्दघाट नगरपालिका अन्तर्गतका विभिन्न सामुदायीक बिद्यालयहरुमा शुद्ध पिउने पानीको ब्यवस्थापन गरिएको हो ।

बिद्यालयमा आवश्यक पर्ने ट्याकी , पाईप लगायतका आवश्यक प्राविधिक सामाग्रीहरु बिद्यालयहरुमा चौधरी फाउण्डेसनले निशुल्क रुपमा उपलब्ध गराई जडान कार्य समेत सम्पन्न गरेको हो । यसरी सामुदायीक बिद्यालयहरुमा खानेपानी ब्यवस्थापन भएपछि बिद्यार्थी र शिक्षकहरुलाई खानेपानी पिउन निकै सहज भएको छ ।

चौधरी फाउण्डेसका अनुसार सुस्तामा ५ , प्रतापपुरमा ८ , सरावलमा ४ वटा र बर्दघाट नगरपालिकामा ४ वटा सामुदायीक बिद्यालयहरुमा शुद्ध खानेपानी ब्यवस्थापन भएको हो ।
यसैबिच यता पश्चिम नवलपरासीको प्रतापपुर वार्ड न ९ मा पर्ने प्रतापपुर गाउमा करिब १३ बर्ष देखि जिर्ण अवस्थामा रहेको खानेपानी आयोजनालाई लाई पुन संचालनमा ल्याउन चौधरी फाउन्डेसनले काम थालेको छ ।

उक्त गाउ भित्र रहेका अधिकांश हेन्ड पम्पमा आर्सेनिकयुक्त रहेको छ ।


तसर्थ उक्त लामो समय देखी बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउंपालिको सहकार्यमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा खानेपानी आयोजनालाई पुन संचालनमा ल्याउने तयारी थालिएको हो । उक्त आयोजना पुन संचालनमा आएपछि यस क्षेत्रमा सयौं घरपरिवारले शुद्ध पिउने पानी पाउने छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित