Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,७ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

सरावल गाउँपालिकाद्वारा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा सरावल टाेल परिक्रमा गरि पालिका सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले संघीयता आइसकेपछि गाउँगाउँमा विकासका कामहरू अघि बढेको बताउनुभएको थियोे ।

सो कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्र, आदर्श मा.बि खाेखरपुराकाे प्र.अ देव नारायण चाैधरी लगाएतकाे सहभागी बत्ताहरुले राज्यशक्तिको स्रोत जनता भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्ने धारणा राख्नु भएको थियो । जनताको संघर्ष तथा शहीदको बलिदानबाट प्राप्त उपलब्धीहरुको संस्थागत बिकासका लागि समेत सवै पक्षले दायित्व पुरा गर्नुपर्ने धारणा बत्ताहरुको रहेको थियो।

प्रभातफेरीमा जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार र स्थानीयकाे सहभागिता रहेको थियो ।


सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित