नवलपरासी ,६ फागुन
यातायात व्यवस्था सेवा कार्यालय परासीले करिब १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड लाइसेन्स वितरणको काम सुरु गरेको छ ।
यस कार्यालयबाट जारी भएका नयाँ सवारी चालक अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि गरी १२ हजार ९७१ वटा स्मार्ट कार्ड वितरण सुरु गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । जसमा नयाँ सवारी चालक अनुमती पत्र ५ हजार ३५७ , नविकरण ७ हजार २६१, वर्ग थप ३५० र प्रतिलिपि ३ गरी कुल १२ हजार ९७१ रहेका छन् ।
प्राप्त भएका स्मार्ट लाईसेन्स कार्ड गत असार १० देखि चालु आर्थिक वर्षको पुस १६ गतेसम्मका रहेको कार्यालयले जनाएको छ । नेपाल पत्रकार महासंघ जिल्लाका अध्यक्ष केशव पराजुलीलाई नविकरण गरिएको स्मार्ट कार्ड पहिलो पटक वितरण गरेर शुभारम्भ गरिएको हो ।
२०७८ साल फागुन १ गते लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रि पुणर्मति ढेंगा मगरले उद्घाघाटन गर्नुभएको कार्यलयले गत वर्षको असार १० बाट दुइ पांग्रे सवारी चालक ट्रायल तथा अनुमती पत्र वितरण र नबिकरणको काम सुरु गरेको थियो ।
दुई पाङग्रे सवारी साधनको लाईसेन्स वितरण गर्दे आएको कार्यालयले गत माघ ११ गतेबाट चार पाङग्रे सवारी साधनको पनि लाईसेन्स विरतण सुरु गरेको हो। जसको प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लाईसेन्स वितरणको काम सुरु गर्नुभएको थियो।
जिल्लामै कार्यालय स्थापना भएपछि सेवाग्राहीहरुलाई लाइसेन्ससंग सम्बन्धि अन्य कामका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

