Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा ककरपत्त नगरमा वृहत सरसफाइ 

राष्ट्रिय दैनिक / नवलपरासी ,६ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावा स्थित ककरपत्त नगरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

७५ औँ प्रजातन्त्र दिवसको अवसरमा सरावल गाउँपालिकाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे ।

सरावल गाउँपालिमा अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे नेतृत्वमा सरसफाइ कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा , वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,वडा नम्बर २ कार्यवाहक वडा अध्यक्ष तुफानी गुप्ता लगाएत प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि कामदारहरूसँगै पालिकाका जनप्रतिनिधि, कर्मचारीसँगै सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तिहरू, शिक्षक , सरावल प्रेस क्लबका पदाधिकारी तथा स्थानीयवासीको ब्यापक सहभागिता रहेको थियो ।


सरावल गाउँपालिकाले साङ्केतिक रुपमा प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरिएपनि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो।

सरावल गाउँपालिका ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको पालिका रहेकोले पालिकाको सुन्दर्ता र सरसफाइ महत्वपूर्ण पक्ष रहेको सहभागीहरुले बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित