राजन कुमार बानिया /पर्सा ६ फागुन
राष्ट्रिय युवा संघ नेपाल पर्साको अध्यक्ष पदमा सुबास साह निर्वाचित हुन भएका छन।
रास्ट्रिय युवा संघ नेपाल पर्सा को ८ अौ जिल्ला अधिबेशन बिरगंजमा भएको मा सर्वसहमतीबाट साहको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दीपक पटेल, सचिवमा राकेश महतो, कोषाध्यक्षमा मुकेश यादव, र उपसचिवमा मोहन वर्णवाल र साहिद अन्सारी , युथ फोर्स बिभाग प्रमुख नसिम अख्तर,साईबर सर्कल बिभाग प्रमुख त्रिलोकी पटेल, महिला बिभाग प्रमुख अनिता सिलवाल सहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष मोविन अालमले जनाएका छन।
अध्यक्ष मण्डलका सदस्य मनोज गुप्ता ,नेजामुदिन उर्फ नेजाम,अरुण यादव,सुन्दर कुर्मी ,रबि गुप्ताको बिषेश उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको थियोे । रास्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला को अधिबेशन फागुन ४ गते प्रमुख अतिथि रहनु भएका पुर्ब मन्त्री महेस बस्नेतद्वारा उद्घाटन भएको थियो।
नेतृत्व चयनमा अापसी भिन्ता भएकोले पार्टीका नेताहरुले सबैसँग समन्वय गरेर सर्वसम्मत चयन गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

