Rashtriya Dainik

चर्चित गायक कुमा सागरलाई हाेच्चाएकाे आरोपमा उजुरी दर्ता

काठमाडौं । पुराना भजन गीतदेखि लिएर अाधुनिक मेटल गीत गएर चर्चाकाे शिखरमा पुगेका चर्चित युवा गायक कुमा सागरलाई हाेच्याएर गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकाे छ ।

साेमबार कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान, गायक सुजन जिम्बाविरुद्ध काठमाडाैं, भक्तपुर, ललितपुर, कीर्तिपुर, काभ्रे, पनौती लगायतका सयौको संख्यामा नेवाः समाजका अगुवा तथा विभिन्न क्षेत्रका अभियानताहरु भद्रकालीमा जम्मा भएर काठमाडाैंकाे जिल्ला प्रहरी परिसर पुगेर निबेदन दर्ता गरेको हो ।

उनीहरूले उजुरीमा नेवा: संस्कार, संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको जनाइएकाे छ ।

विवादबारे दुबै पक्षलाई राखेर छलफल चलाइने प्रवक्ता बोहराले गराएकाे छ । उजुरी कर्ताहरूले निवेदन दर्ता गराउन नाराबाजी समेत लगाएर प्रहरी परिसरमा पुगेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित