Rashtriya Dainik

शिव महापुराण महायज्ञमा योग शिविर 

प्रकाश न्यौपाने / नवलपरासी ,फागुन ६

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९, नाउँडाँडास्थित कैलासकोट शिव मन्दिरमा आयोजित ११ दिने शिवपुराण ज्ञान महायज्ञको तेस्रो दिन योग शिविर गरिएको छ।

बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको योग शिविरमा स्थानीय भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शिविरमा योगगुरु नरेश पंगिनीद्वारा विभिन्न योग अभ्यास तथा ध्यान प्रविधिहरूको सहजीकरण गरिएको थियो।


शिविरमा सहभागीहरूले प्राणायाम, सूर्य नमस्कार, ध्यान तथा शारीरिक लचकता वृद्धि गर्ने विभिन्न आसनहरू गराइएको थियो। योगगुरु पंगिनीका अनुसार योग अभ्यासले तनावरहित जीवन जिउन सहयोग गर्ने भएकाले महायज्ञ जस्ता आध्यात्मिक कार्यक्रममा योगलाई समेट्नु असल अभ्यास भएको बताउनुभयो।

स्थानीयहरू योग प्रति सकारात्मक देखिएका छन्। शिविरमा सहभागी एक भक्तजनले भनेले भने, “पहिलो पटक यस्तो शिविरमा सहभागी भएँ। बिहानै योग गर्दा ताजगी महसुस भयो। यो दैनिक जीवनशैलीमा अपनाउने सोच बनाएको छु।”

फागुन ४ गतेदेखि सुरु भएको ११ दिने शिवपुराण ज्ञान महायज्ञमा बिहान धार्मिक अनुष्ठान तथा प्रवचन भइरहेको छ भने दिनभर विभिन्न आध्यात्मिक तथा सामाजिक गतिविधिहरू आयोजना गरिँदै आएको छ।


आयोजक समितिका अनुसार महायज्ञबाट संकलित सहयोग राशि कैलासकोट शिव मन्दिर परिसरको पूर्वाधार विकासमा खर्च गरिनेछ। महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित