अमृता सुनार/नवलपरासी ,फागुन ४
चेतना महिला समुह सुनवलको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहको अध्यक्ष देवी पोख्रेलको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता एवम वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन समुहको अध्यक्ष देवि पोखरेल, सांगठनिक प्रतिबेदन सचिब सीता भण्डारी, आर्थिक प्रतिबेदन सदस्य गीता देवि कवरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा समुहको कुल आम्दानी ५ लाख ७८ हजार खर्च रु १ लाख ९६ हजार १ सय २७ रहेकोमा कुल बचत रु ३ लाख ८२ हजार रहेको छ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख अर्यालले महिला समूहले विभिन्न संघ सस्था लगाएत विभिन्न धार्मिक क्षेत्रमा आर्थिक भौतिक सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा वडा अध्यक्ष मन बहादुर थापा मगर, वडा सदस्य बाल कुमारी दर्जी, सदस्य प्रसुराम कवर, निबर्तमान कार्यपालिका सदस्य शान्ता भण्डारी, लक्ष्मी तिवारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समुहको सदस्य सरीता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव सीता भण्डारीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

