पर्बत / ३ फागुन
पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाछच्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना १ को मृत्यु २ घाइते भएका छन् ।
बागलुङको जैमुनिबाट पर्वतको कुश्मा जाँदै गरेको ध. १च २८२ को जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पर्वतको बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाका ५० वर्षीय बल्ल बहादुर माझीको घटना स्थलमानै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् एकको अवस्था गम्भीर भएकाले उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।
जिपमा ४ जना सवार रहेका थिए जीपले गुद्रिगानो लिएर जाने क्रममा उकालोमा ब्रर्केक फेल भएपछि व्याक् भएर खोलामा खसेको हो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

