वीरगन्ज, २ शुक्रबार
पर्सा प्रहरीले १२ किलो प्रतिबन्धित लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाही मधुवटीका बर्ष ४५ का सुधिर कर्णलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मिश्रको अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकखण्डबाट अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँबाट खटिएको नियमित चेकिङ् टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा कर्णबाट चरेश बरामद गरेको बताए ।
बरामद लागुऔषधसहित कर्णलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

