Rashtriya Dainik

पञ्चनगर खानेपानीकाे १४औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने / नवलपरासी ,फाल्गुन ३ गते

पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका-१०, अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले सतहको पानी जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महाशाखा प्रमुख गुणनिधि पोखरेलले प्रदेश सरकारले शुद्ध र सुरक्षित पानी उपलब्ध गराउन विभिन्न योजनाहरू अघि बढाइरहेको जानकारी दिनु भयो। “हामी सफा र शुद्ध पानी खुवाउनका लागि लागिपरेका छौं ।”पोखरेलले भन्नुभयो ।

कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले खानेपानीको गुणस्तर जाँच्न गर्न निःशुल्क प्रयोगशाला स्थापना गरेको जानकारी दिनु भयो। बर्दघाट नगरले एक घर एक धारा अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाएको उल्लेख गर्दै श्रेष्ठले गत वर्ष वडा नं. ४ मा रहेका ५६ विपन्न परिवारलाई खानेपानी धारा जडान गरी एक घर एक धारा भएको वडा घोषणा गरेका छौं। यसै वर्षभित्र वडा नं. ९ लाई ‘एक घर, एक धारा’ भएको वडा घोषणा गरिने नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नु भयो।

वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईं, जनकल्याण साकोसका अध्यक्ष कुलदीप आचार्य, बर्दघाट खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष कमल थापा लगायतले खानेपानी संरक्षण तथा व्यवस्थापनमा दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

साधारण सभामा अध्यक्ष कर्णबहादुर खत्रीले वार्षिक प्रतिवेदन, सचिव शिवदेव न्यौपानेद्रारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकुमारी थापाले आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा लेखा समिति संयोजक राजु विश्वाद्वारा प्रस्तुत प्रतिवेदन साधारण सभाले पारित गरेको छ। संस्थाले आगामी वर्षका लागि खानेपानी स्रोत संरक्षण, पानीको शुद्धता कायम गर्न आवश्यक पूर्वाधार निर्माण तथा विपन्न परिवारलाई थप सहुलियत प्रदान गर्ने योजनालाई प्राथमिकता दिने अध्यक्ष कर्णबहादुर खत्रीले उल्लेख गर्नुभयो।

वार्षिक साधारणसभामा संस्थालाई महत्त्वपूर्ण योगदान दिनुभएकोमा संस्थाका पूर्वअध्यक्ष माधवकुमार श्रेष्ठ र संस्थाका कर्मचारी निरास कुमार रानालाई सम्मान गरिएको थियो। सुसेली कला समुहद्रारा सरसफाइ र खानेपानीसङ्ग सम्बन्धीत नाटक प्रस्तुत गर्नु भएको थियो। संस्थाका उपाध्यक्ष यज्ञप्रसाद खनालले स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन सचिव शिवदेव न्यौपानेले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित