अमृता सुनार/नवलपरासी ,फागुन २
प्रथम सहित क्यापटेन लखन थापा मगरको १४८ औ स्मृति दिवसको अवसरमा शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघ नगर कार्य समिति सुनवल नवलपरासीको आयोजनामा संघका अध्यक्ष मन बहादुर थापा दिपकको अध्यक्षता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता तथा नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश उपाध्यक्ष एवम वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, ३ वडा अध्यक्ष पविन गुरुङ्कको विशिष्ट आतिथ्यतामा अनावरण कार्यक्रम सम्पन्न भएको हो ।
सुनवल ३ किर्तिपुर २ को बौद्ध हलमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले सबैको भावनाको प्रतिनिधित्व गर्नुपर्दछ भन्ने भावनाका साथ सुनवल नगरपालिका बाट रु ५ लाख विनियोजन गरि आज लखन थापाको स्मृति दिवसको अवसर पारी अनावरण गर्न पाएकोमा संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाले सहिदको जति नै प्रंशसा गरे पनि नपुग्ने बताउदै सहिद सबैका साझा हुन र सहिद दिवस मनाउदा कुनै भेदभाव गर्न नहुने र सकारात्मक सोचका साथ लागेमा समाज रुपान्तरण हुने बताउनुभयो ।
यस्तै अध्यक्ष मन बहादुर थापा दिपकले सहिद लखन थापा संग संगै साहादात प्राप्त गर्ने अन्य ५ जनाको पनि अभिलेख खोजी सहिद घोषणा गरिनुपर्ने बताउनुभयो ।
सुनवल नगरपालिकाको स्वकृति रुकम रु ५ लाख बाट २०८० चैत्र १९ गते बाट काम सुरु गरि २०८१ वैशाख २५ गते निमार्ण सम्पन्न भएको मूर्ति सुनवल नगरपालिका वडा नं ३ किर्तिपुर २ मा रहेको छ ।

सो अवसरमा नेकपा माओवादी केन्द्र सुनवल नगर अध्यक्ष मोहन कार्की, नेकपा एमाले सुनवल नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी, वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, ३ का पविन गुरुङ्ग लगाएतले शुभकामना दिनुभएको नेपाल मगर संघ सुनवल नगर उपाध्यक्ष कुल बहादुर राना मगरले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

