अमृता सुनार/ नवलपरासी ,फागुन २
भुमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमका नवनियुक्त पदाधिकारीहरुलाई सुनवल नगरपालिकाले बधाई तथा स्वागत गरेको छ ।
सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको अध्यक्षता एवम भुमि समस्या समाधान आयोगका अध्यक्ष लालबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा भुमि समस्या समाधान आयोग सदस्य राधा ढकाल, थानप्रसाद गैरे, सोम बहादुर रायमाझी पप्पु, पुर्व अध्यक्ष देवराज भण्डारी, सदस्य भविश्वर तिवारी आजाद, नापी कार्यालय प्रमुख कैलाशनाथ पाण्डेय र सुनवल नगरका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
भुमि समस्याको पुर्व तयारीका अधिकांश काम अघिल्लो आयोग बाट भएको अब बाकी काम शीघ्र रुपमा अगाडी बढ्ने र यो भुमि र भुमिहिन सुकुम्बासी नामको सम्पुर्ण समस्या अन्तय हुने सुनवल नगरप्रमखु बिमला अर्यालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आयोगका अध्यक्ष लाल बहादुर गुरुङ्गले सुनवल नगरपालिकाको सुझाव आयोगको प्राथमिकतामा रहने बताउदै आयोगले सुनवल नगर क्षेत्रको काम प्राथमिकतामां राखी सम्पादन हुने बताउनुभयो । आयोगमा हुन सक्ने संभावित आर्थिक चलखेल लाई सुक्ष्म ढंगले निगरानी गरी कहि कतै कसैको प्रलोभनमा परि काम नगरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्राप्त तथ्याङ्क अनुसार सुनवल नगरमा भुमिहिन दलित २ सय १७, भुमिहिन सुकुम्बासी ४ सय ३७ र अव्यवस्थित बसोबासी ५ हजार ५ सय ८ गरी जम्मा ६ हजार १ सय ५७ रहेको र हाल सम्म निस्सा वितरण भएको सुनवल वडा नं १,४,५,६,७,११,१३ र वडा नं ३ र १२ मा निस्सा पठाइसकिएको बताइएको छ ।

यस्तै वडा नं ५,११,१२,१३ मा नापजाच सम्पन्न भएको ४ र ७ मा जारी रहेको र वडा नं १० मा अधुरा अपुरा कार्य सम्बन्धी मनशोभा आयोग बाट पुर्जा वितरण भैसकेको छ । सुनवल नगरपालिकाले ८१ विघा १५ कट्ठा ९ धुर सार्वजनिक जग्गा संरक्षण गरेको आयोगका सुनवल नगरपालिका भुमि शाखाका प्रमुख गणेश न्यौपानेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

