Rashtriya Dainik

बर्दघाट १३ जमुनाबारीमाको डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु,संचालक सहित तीन जना पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,२ फागुन

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। युवाहरु बिच एक आपसमा बिवाद हुदा घटना घटेको प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबिच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो । घटना गत माघ २८ गते मध्यराती भएको भएपनि घटनामा घाईते भएका प्रतापुर गाँउपालिका वडा नम्बर ९ खैरेनिका बर्ष ४५ का सन्त बहादुर चौधरीको उपचारको क्रममा हिजो साझ बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका संञ्चालक राकेश हरिजन सहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोहि स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डान्सबार भित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाईते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्धा दायर भै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित