राजन कुमार बानिया /पर्सा ,२९ माघ
गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । पर्सा जिल्ला धोबिनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो ३ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो कार्यालय नजिकै मंगलबार विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक महतो गम्भिर घाइते भएका थिए ।
मृतक महतो घर निर्माणमा ठेकेदारको रुपमा गैँडाकोट क्षेत्रमा लामो समयदेखि कार्यरत थिए । उनका श्रीमती २ छोरी र १ छोरी छन् । महतोको मृत्युले परिवारमा सन्नाटा छाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

