Rashtriya Dainik

सुस्तामा पालिका स्तरीय सहकारी सञ्जाल पुनर्गठन, अध्यक्षमा डिल्लीराम काफ्ले

आरपी उपध्याय / नवलपरासी ,१६ साउन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एक कार्यक्रमका बिच सहकारी संजाल पुनर्गठन भएको छ।
सहकारी संजाल सुस्ताका अध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षतामा पालिका स्तरीय सहकारी संजालको पुनर्गठन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

सो अवसरमा प्रमुख अतिथि सुवेदीले सहकारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने बताउदै सहकारीको सिद्धान्त अनुसार संस्थालाई चलायमान गरिए त्यसको परिणाम पनि सुखद आउने धारणा राख्नुभयो।

कार्यक्रममा सहकारीमा देखिएका समस्या समाधान,सुदृढीकरण,जोखिम न्यूनीकरण,क्षमता विकास,सदस्य र सहकारी संस्था बिच समन्वय र सहकार्य गरी संस्थालाई प्राविधिक र व्यवस्थापकीय सहयोग तथा सहकारी सम्बन्धि सुचना तथ्यांक,अनुभव आदानप्रदान गर्ने उद्देश्यले सहकारी संजालको गठन गरिएको सुस्ता गाउँपालिका सहकारी प्रमुख सन्त कुमार गिरीले जानकारी दिनुभएको छ।

सुस्ता गाउँपालिका अन्तर्गत १९ सहकारी संस्थाहरुको पदाधिकारीहरुको उपस्थितिमा डिल्लीराम काफ्लेको अध्यक्षतामा ९ सदस्यीय सहकारी संस्था पुनर्गठन भएको हो। जसको उपाध्यक्षमा मेघनाथ आचार्य,कोषाध्यक्षमा प्रमिला धोबी,सचिवमा कृष्ण प्रसाद पन्त, सहसचिवमा बृखनारायण महतो र सदस्यहरूमा बिना गिरी,पम्फा देवी अर्याल,सत्यन्द्र दुषाद,छन्नु प्रसाद चौधरी रहनु भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित