आरपि उपाध्याय / नवलपरासी ,१७ साउन
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (टेड युनियन संघ) जिल्ला शाखा नवलपुरको बाह्रौं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ।
एम्बुलेन्स चालक संघ नवलपुरको साधारणसभा तथा अधिवेशन कावासोती १६ को डण्डामा सम्पन्न भएको हो।
चालक संघ नवलपुरका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा केन्द्रिय अध्यक्ष लामिछानेले संगठनलाई अनुशासित र मर्यादित रुपमा अगाडि बढाउन एम्बुलेन्स चालक संघ एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा संस्थाका संस्थापक केन्द्रिय महासचिव मुक्ति काफ्लेले एम्बुलेन्स चालक संघ तथा हस्पिटलका प्यारामेडिक्स देखि कर्मचारीहरुको हक, अधिकारको रक्षा गर्दै आफ्नो सेवा र पेसालाई मर्यादित बनाउने उद्देश्य सहित २०७१ सालमा श्रम मन्त्रालय श्रम विभागद्वारा मान्यता प्राप्त संस्थाले आफ्नो उद्देश्य अनुसार कार्य गर्दै आएको बताउनु भएको थियो।
उहाँले आफू संस्थापक केन्द्रिय महासचिवको हैसियतबाट संस्था प्रति गहिरो सम्बन्ध जोडिएकोले यो सम्बन्धलाई वर्तमान समयमा पनि परिणाममुखी बनाउदै लैजानुपर्ने जिकिर गर्नुभयो।
अधिवेशन तथा साधारणसभाले संस्थाको विकासका लागि दीर्घकालीन व्यवस्थापनमा नवीनतम विकल्प सहित कार्ययोजना बनाइ मजदुरहरुको हक, अधिकारको लागि जतिबेला पनि तयार रहने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको अध्यक्षमा तिलक बहादुर कुमाल,वरिष्ठ उपाध्यक्षमा बम बहादुर भुजेल,उपाध्यक्षमा माइकल लामा, सचिवमा सन्तु कुमार श्रेष्ठ,सहसचिवमा टेक बहादुर सुनारी र कोषाध्यक्षमा विन्देश्वर चौधरी सर्वसम्मत चयन हुनुभएको छ भने संरक्षकको रुपमा गोपीराम ब्लोनलाई समावेश गरिएको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

