Rashtriya Dainik

सुस्ता जोगाउन स्थानीयले बनाएको अस्थायी बाँध भारतीय एसएसबीले भत्कायो, सीमामा फेरि तनाव

राष्ट्रिय दैनिक / नवलपरासी, साउन १७ —

नारायणी नदीको कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासीले निर्माण गरेको अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले हटाएपछि स्थानीय आक्रोशित बनेका छन्।

वर्षायाममा नारायणी नदीको भेलले कटान गर्न थालेपछि साउन १५ गते स्थानीयले बोरामा माटो भरेर अस्थायी बाँध निर्माण गरेका थिए। तर आइतबार बिहान सादा पोशाकमा आएका १०–१५ जना भारतीय एसएसबीका सुरक्षाकर्मीले उक्त बाँध भत्काएको स्थानीयले बताएका छन्।

दोस्रो चरणअन्तर्गत निर्माण हुन लागेको १३२ मिटर तटबन्धको काम भारतीय अवरोधका कारण दुई महिनादेखि रोकिएको छ। सोही स्थानबाट नदीको बहाव गाउँतर्फ पस्न थालेपछि स्थानीयले अस्थायी बाँध बनाएका थिए।

घटनापछि नेपाल सशस्त्र प्रहरी बलले दुवै पक्षसँग समन्वय गरी अवस्था सामान्य बनाएको जनाएको छ। एसपी गोविन्द खातीका अनुसार दसगजा क्षेत्र नजिक स्थानीयले थुपारेको माटो भारतीय पक्षले हटाएको जानकारीपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

स्थानीयले भने आफूहरूले भारतीय पक्षले तोकेको सीमाभन्दा करिब ५० मिटर पछाडि मात्रै नदीको बहाव रोक्न अस्थायी बाँध निर्माण गरेको दाबी गरेका छन्। नारायणी नदीको कटानको जोखिममा रहेको सुस्ता गाउँमा करिब ४ सय घरपरिवार बसोबास गर्दै आएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित