अनिल बनिया ( बिनोद )/ नवलपरासी – सावन १५
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाले नयाँ कार्यवाहक नेतृत्व चयन गरेको छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पद अदालत तथा निर्वाचन आयोगको निर्णयपछि रिक्त भएको अवस्थापछि शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नं. ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवलाई सर्वसम्मत रूपमा कार्यवाहक गाउँपालिका अध्यक्ष मनोनयन गरेको हो।
त्यसैगरी, गाउँ कार्यपालिकाकी सदस्य अनामिका कुमारी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। हरिजन यसअघि पाल्हीनन्दन गाउँपालिकाको कार्यपालिका सदस्यका रूपमा कार्यरत थिइन्।
अध्यक्ष र उपाध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाको दैनिक प्रशासनिक तथा विकास निर्माणका कामलाई निरन्तरता दिन कार्यवाहक नेतृत्व चयन गरिएको जनाइएको छ। नयाँ नेतृत्वले स्थानीय सरकारका नियमित कामकाज, सेवा प्रवाह तथा विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

