Rashtriya Dainik

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा महिलाको शव नग्न अवस्थामा फेला

झापा,३० माघ

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ।

एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मङ्गलबार राति फेला परेको वडा नम्बर ११ का वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पु¥याएको थियो।

वडाध्यक्ष आङ्गबोका अनुसार गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएका छन्। उनको मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ। रासस

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित