Rashtriya Dainik

ठोरी गाउँपालिकामा एक जना पुरुषको शव फेला

पर्सा, २९ माघ
पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ । हत्या गरि झाँडीमा फालिएको अवस्थामा ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिक आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलार्इ खबर गरेका थिए ।

मृतक पुरुष छिमेकी मुलुक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशंका छ । मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित