Rashtriya Dainik

फागुन १ गते ‘जनयुद्ध’ दिवसका दिन सार्वजनिक बिदा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका दिन पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको क्रममा शहादात प्राप्त गरेका महान् सहिदहरुको सम्मानमा जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन फागुन १ गते गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णय अनुसार पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध तथा गैरसरकारी संस्था, शिक्षण संस्थाहरु लगायत पालिकाभित्रका सबै निकायहरुमा सार्वजनिक बिदा दिइएको सार्वजनिक गरेको सूचनमा उल्लेख गरिएको छ ।

गोरखामा रहेका ११ वटा स्थानीय तहहरुमध्ये गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरी गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत किरणबाबु कट्टेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित